Below Menu

निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ 

निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २४ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार