काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको घटेको छ। कम्पनीको व्यापार व्यापार सन् २०२२ को तुलनामा सन २०२३ मा ८.१३ प्रतिशतले घटेको हो । कम्पनीले फाइबर र केबल इन्टरनेट र डिजिटल टिभीको सेवा दिँदै आएको छ ।
सुबिसुले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, कम्पनीले सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सुबिसुले आम्दानी गरेकोमध्ये ५२ प्रतिशत खुद्रा ग्राहकबाट भएको जनाएको छ । त्यस्तै, सन् २०२४ को ६ महिनाको अवधिमा खुद्रा ग्राहकको हिस्सा ६० प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै, सुबिसुको २३ प्रतिशत कर्पोरेट क्षेत्र र १८ प्रतिशत अन्य क्षेत्र रहेको छ ।
कम्पनीले देशभर सेवा दिनका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ४ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ । अहिले नेपालभर ६२ वटा इजाजत प्राप्त इन्टरनेट प्रदायक संस्था छन् । उक्त इनटरनेट प्रदायक सेवामा २९ लाख लाख ग्राहक जोडिएका छन् ।
सुबिसुले नेपाली बजारको १० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीका देशभर २ लाख ८० हजार ग्राहक छन् ।
Advertisment