Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदी बढ्यो 

सुनको मूल्य घट्यो, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार एकैदिन तोलामा १६ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Sponsored Advertisment

Advertisment

थप समाचार