काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २१ गते बुधबार एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर एक लाख ३३ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।