काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार एकैदिन तोलामा एक हजारले रुपैयाँले बढेर तोलामा एक लाख ३४ हजार पुगेको सुनको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।