काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २२ गते बिहिबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३४ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।