Below Menu

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २५ गते आइतबार एकैदिन तोलामा २९ सय रुपैयाँले बढेर एक लाख ३५ हजार ६०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

Sponsored Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार