काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २६ गते सोमबार एकैदिन तोलामा छ सय रुपैयाँले बढेर एक लाख ३६ हजार २०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।