काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २७ गते मंगलबार तोलामा एक सय रुपैयाँले बढेर एक लाख ३६ हजार ३०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।