Below Menu

अख्तियारद्वारा बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियारद्वारा बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख ९मेयर० भरत कुमार थापाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । 

Sponsored Advertisement

मेयर थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । अनुसन्धान जाँच अवधिमा थापाको सम्पूर्ण व्यय _खर्च तथा लगानी) मा घररजग्गा खरिद, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग गरेको कर्जारऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरुमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुरवापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार ३९१ दशलमव १४ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको भनाई छ । 

आयोगका अनुसार मेयर थापाको सम्पूर्ण वैधानिक सम्पत्ति सात करोड ८६ लाख ५० हजार २०१ दशमलव ४८ रुपैयाँ मात्र रहेको देखिएको छ । कुल बैधानिक आयलाई थापाले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादाम्यता नदेखिएको आयोग निष्कर्ष छ । 

सार्वजनिक पद धारण गरेका मेयर थापाले पदको दुरुपयोग गरी गैरकानुनी रुपमा ५ करोड ३३ लाख ५३ हजार १८९ दशमलव ६६ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ । आयोगले उनी विरुद्ध सोही रकम बराबरकोे मागदाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

साथै उनले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारीका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको आयोगको भनाई छ । 

आयोगका अनुसनर श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतलाई प्रतिवादी कायम गर्ने तथा निहरुको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिबाट बिगो जफतरअसुल उपर गरी पाउनसमेत मागदाबी गरिएको आयोगले जनाएको छ । 
 

थप समाचार