Below Menu

प्रतितोला २४ सयले बढ्यो सुन, फेरी बनायो नयाँ रेकर्ड 

प्रतितोला २४ सयले बढ्यो सुन, फेरी बनायो नयाँ रेकर्ड 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २८ गते बुधबार तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार ८०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

Sponsored Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार चार सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार