Below Menu

ग्रामीण विकास लघुवित्तका बरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

ग्रामीण विकास लघुवित्तका बरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । 

Sponsored Advertisement

(साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक अधिकारीेले किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । 

उनले ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा÷धितो कर्जा दिंदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी नदेखाउने गरेको आयोगको भनाई छ । 

आयोगका अनुसार उनलेबरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८/०६९ देखि आफू कार्यरत बैंकको १९ लाख २ हजार २३७ दशमलव ९६ रुपैयाँ पुष्टि भएको छ । 

उनी विरुद्ध सोही रकम बराबरको विगो मागदावी गर्दै अयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

थप समाचार