काठमाडौं : नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको छ । गत चैत ३० गते एकै दिन तोलामा २४ सयले बढेर एक लाख ३९ हजार पुगेको सुनको मूल्य ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।