काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र निष्कासनको कार्यतालिका परिवर्तन गरेको छ । बैशाख २ गते बिक्री खुला गर्न लागेको ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र अब बैशाख ३० गते बिक्री खुला गरिने कार्यालयले जनाएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै विशेष कारणवस ऋणपत्रको कार्यतालिका परिवर्तन सर्वसाधारण नागरिक तथा सरोकारवालाहरुलाई जानकारी दिएको हो ।
कार्यालयले वार्षिक आन्तरिक ऋण निष्कासनका लागि ५ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र असार ४ गते निष्कासन गर्नेछ ।
