Below Menu

आन्तरिक राजस्व विभागले नौं महिनामा उठायो साढे तीन खर्ब राजस्व, शिक्षातर्फ सर्वाधिक 

आन्तरिक राजस्व विभागले नौं महिनामा उठायो साढे तीन खर्ब राजस्व, शिक्षातर्फ सर्वाधिक 

काठमाडौं : आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको नौं महिनामा साढे तीन खर्ब राजस्व संकलन गरेको छ । चैत मसान्तसम्म विभागले ३ खर्ब ६७ अर्ब ९९ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । 

Sponsored Advertisement

चैत मसान्तसम्म चार खर्ब ६८ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ राजस्व असुल गर्ने महत्वकांक्षी लक्ष्य लिएको विभागले ७८.५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । गत वर्षको तुलनामा भने रावस्व संकलनमा सुधार देखिएको छ । 

गत वर्षको सोही अवधिमा ३ खर्ब ३७ अर्ब १७ करोड राजस्व संकलन गरेको विभागले चालु वर्ष ९.१४ प्रतिशत अर्थात ३० अर्ब बढी राजस्व संकलन गरेको हो ।

विभागले चैत महिनामा लक्ष्यको ६७.०४ प्रतिशत राजस्व संकलन गरेको छ । चैतमा ८५ अर्ब १० करोड १९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ५७ अर्ब ५ करोड ३ लाख रुपैयाँ मात्र राजस्व उठेको हो 

कुन शीर्षकमा कति उठ्यो राजस्व ?

विभागले चैत मसान्तसम्म आयकर शीर्षकमा एक खर्ब ७० अर्ब ७९ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८६.०८ प्रतिशत हो । उक्त शीर्षकमा यस अवधिमा एक खर्ब ९८ अर्ब ४० करोड २९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिईएको थियो ।

त्यस्तै घरबहाल कर वापत चैत मसान्तसम्म लक्ष्यको ६६.१७ प्रतिशत राजस्व संकनलन भएको छ । विभागले घरबहाल करमा २ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ७५ करोड ९३ लाख रुपैयाँ उठेको हो ।

विभागले यस अवधिमा ब्याजबाट २८ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ । जुन लक्ष्यको ६६.७६ प्रतिशत हो । यस अवधिमा ब्याजबाट ४२ अर्ब ५० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । 

त्यस्तै विभागले चैतमसान्तसम्म भ्याटतर्फ ७८.८१ प्रतिशत राजस्व संकलन गरेको छ । यस अवधिमा भ्याट शिर्षकमा १ खर्ब १० अर्ब ६४ करोड ८४ लाख ९२ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ८७ अर्ब २० करोड २० लाख ३६ संकलन गरेको हो । 

यस अवधिमा अन्तशुल्क तर्फ एक खर्ब ४ अर्ब ७३ करोड १० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७२ अर्ब ४१ करोड ४९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ६९.१४ प्रतिशत हो । 

चैत मसान्तसम्म स्वास्थ्य सेवा तर्फ लक्ष्यको सबैभन्दा कम राजस्व उठेकोछ । विभगाले स्वास्थ्य शीर्षकमा ७ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ६३.५२ प्रतिशत अर्थात ४ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै यस अवधिमा शिक्षा शीर्षकबाट २ अर्ब ३७ करोड ८० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको १२१.४९ प्रतिशत हो । विभागले शिक्षा शीर्षकबाट १ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । 


 

थप समाचार