Below Menu

सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत ३० गते बुधबार तोलामा २४ सय रुपैयाँले बढेर एक लाख ३९ हजार  पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

Sponsored Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार