Below Menu

काठमाडौं महानगरद्वारा चार अर्ब ११ करोड राजस्व संकलन, घरबहालबाट सर्वाधिक 

काठमाडौं महानगरद्वारा चार अर्ब ११ करोड राजस्व संकलन, घरबहालबाट सर्वाधिक 

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको नौं महिनामा सवा चार अर्ब रुपैयाँ राजस्व संकलन गरेको महानगरले चैत मसान्त्सम्म चार अर्ब ११ करोड १४ लाख ४४ लाख ४३० रुपैयाँ राजस्व संकलन गरेको हो । 

Sponsored Advertisement

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा महानगरले ४ अर्ब ४ करोड ९८ लाख ४६ हजार ६८१ रुपैयाँ राजस्व उठाएको थियो । 

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा ७८ करोड ८८ लाख ७४० रुपैयाँ संकलन भएको छ । महानगरले घरबहाल करबाट सबैभन्दा बढी एक अर्ब ८२ करोड ६३ लाख ४५ हजार ४२३ रहेको छ ।  महानगरले २३ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । 

चैत मसान्तसम्म महानगरले पर्यटन शुल्कबाट १३ करोड ५२ लाख ४९ हजार रुपैयाँ, पार्किङ शुल्कबाट एक करोड २१ लाख ४८ हजार रुपैयाँ, नक्सापास दस्तुर ४९ करोड ३१ लाख ८७ हजार रुपैयाँ र अन्य सेवाशुल्कबाट २२ ९० लाख ९६ हजार रुपैयाँ राजस्व उठाएको छ ।

थप समाचार