Below Menu
Below Menu

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनले नयाँ रेकर्ड कायम गरेको छ । गत बैशााख ४ गते मंगलबार एकैदिन तोलामा १७ सयले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment