काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।