Below Menu

१५ हजार घुससहित पक्राउ परेका महाराजगञ्ज नगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

१५ हजार घुससहित पक्राउ परेका महाराजगञ्ज नगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो । 

Sponsored Advertisement

घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा आयोगले अध्यक्ष अलीलाई गते चैत १८ गते नियन्त्रणमा लिएको थियो । 

उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भएको आयोगले जनाएको छ । उनी विरुद्ध सोही रकम बराबरको मागदाबी गर्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । 
 

थप समाचार