काठमाडौं : सरकारले यस वर्ष नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको हो ।
मंगलबार केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेृखा तथ्यांक सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रको आकार लक्ष्यको आधाले बढ्ने जनाएको हो ।
सरकारले चालु आवको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर गत वर्षको तुलनामा भने यस वर्षको अर्थतन्त्रको आकार दोब्बरले बढ्ने अनुमान गरेको हो ।
कार्यालयका अनुसार यस वर्ष अर्थतन्त्रको आकार ५७ खर्ब ४ खर्ब पुग्ने देखिएको छ भने आधारभूत मूल्यमा नेपालको कुल ग्रार्हस्थ उत्पादन ३.५४ प्रतिशतले विस्तार हुने छ ।
चालु आवमा नेपालको अर्थतन्त्र उपभोक्ता मूल्यको आधारमा ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.६५ प्रतिशतले बढ्ने कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुनेछ ।
त्यसैगरी चालु आवमा नेपालीको प्रतिव्यक्ति औसत आय बढेको तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले यस वर्ष प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेको हो । गत आवमा १ हजार ४०५ डलर रहेको प्रतिव्यक्ति आय यस वर्ष ५१ डलर बढेको हो ।