Below Menu

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २७ सयले घट्यो 

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २७ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा उच्च गिरावट देखिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २७ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार