काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ११ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।