काठमाडौं : नेपाली बजारमा आइतबार सुनकाे मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य शुक्रबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै चाँदीको ताेलामा ५ रुपैयाँले घटेकाे छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।