Below Menu

गण्डकी विकास बैंकदेखि नर्भिक अस्पतालसम्मले तिरेनन् कर, कार्यालयद्वारा १५ दिने अल्टिमेटम

गण्डकी विकास बैंकदेखि नर्भिक अस्पतालसम्मले तिरेनन् कर, कार्यालयद्वारा १५ दिने अल्टिमेटम

काठमाडौं :  ठूला करदाता कार्यालयले समयमा कर नतिर्ने २५ ठूला कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । कार्यालयले बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराएको थियो ।

Sponsored Advertisement

कतिपय करदातालाई भने फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्र फिर्ता आएको सूचनामा उल्लेख छ ।

फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलगी पत्र कुझाउन नसकी फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कमै दाखिला भएको उल्लेख गरेको छ ।

साथै कार्यालयले तोकिएको समयभित्र कर नतिरे आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

कार्यालयका अनुसार समयमै कर नतिर्ने कम्पनीहरुको सूचीमा निजीदेखि सरकारी कम्पनीहरु रहेका छन् । सा वटा कम्पनीले आयकर तिरेका छैनन् । ५ वटा कम्पनीले आयकर÷मूल्य अभिवृद्धि कर दुवै तिरेका छैनन । १३ वटा कम्पनीले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

जसमा कृषि सामाग्री कम्पनी लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, माउण्ट एभरेष्ट ब्रुअरी प्रालि, पेन इडिया इन्फ्रा प्रोजेक्ट्स, हिमाल आइरन एण्ड स्टिल प्रालि, शुभश्री अग्नि सिमेन्ट उद्योग, श्री जयन्ती निर्माण सेवा, गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि, जनक शिक्षा सामाग्री केन्द्र र सिई कन्ट्रक्सनले कर तिरेका छैनन् ।

त्यसैगरी कर नतिेर्नेान टाइगर्स ब्रुअरी इण्ड्रस्ट्रिज प्रालि, सुबिसु केबल नेट लिमिटेड, इष्टर्न एजेन्सीज प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि, बतास ब्रदर्श प्रालि,महालक्ष्मी वायर एण्ड बेकल इन्डस्ट्रिज प्रालि, बिशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, ग्रीन हिल सिटी, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिवशिखर एग्रो प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि रहेका छन् । 
 

थप समाचार