काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । त्यस्तैं चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।