काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य मंगलबारकै मूल्यमा कारोबार भएको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।