Below Menu

प्रतितोला आठ सयले घट्यो सुन, चाँदीको मूल्य बढ्यो

प्रतितोला आठ सयले घट्यो सुन, चाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार