Below Menu

आगामी आर्थिक वर्षभित्र ‘कन्ट्री रेटिङ’ सम्पन्न गरिने 

आगामी आर्थिक वर्षभित्र ‘कन्ट्री रेटिङ’ सम्पन्न गरिने 

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षभित्र ‘कन्ट्री रेटिङ’ सम्पन्न गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न थप कानुनी सुधार गर्ने बताएका छन् ।

Sponsored Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी र प्रतिफलको सहजताका लागि बाधक बनेका ऐनहरूको संशोधन परिमार्जन गर्दै सहजिकरण गरिने बताएका यसका साथै विकास निर्मााणका काममा निजी क्षेत्रको पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्धसँगै विकास वित्तका नविनतम् उपकरहरू परिचालन गरिने उनले बताए । 

त्यसैगरी उनले विश्वव्यापी रूपमा प्रचलनमा रहेका ऋण तथा अन्य मिश्रित रूपमा रहेका विदेशी लगानी भित्र्याउन सहजीकरण गरिनुका साथै, आगामी आर्थिक वर्ष भित्र कन्ट्री रेटिङ सम्पन्न गरिने बताए । 

थप समाचार