Below Menu

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार