Below Menu
Below Menu

बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम राखेका छैनौ: अर्थमन्त्री 

बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम राखेका छैनौ: अर्थमन्त्री 

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा  बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम नराखेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजे अन्तर्किया कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।

'सरकारको मनोबल उच्च छ। निजी क्षेत्रको मनोबल उच्च राख्न आवश्यक छ। नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको छ', उनले भने। 

नीति तथा कार्यक्रममा र बजेटमा विगतमा जस्तो प्रश्न नउठ्ने दाबी गरे। बजेट निर्माणमा सबै क्षेत्रको  सुझाव लिएको बताउँदै उनले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट र मौद्रिक नीति आउने बताए।

बजेटमा करका दायरा विस्तारका काम  भएको उनको भनाइ छ । राज्यले बनाएका पूर्वाधार निजी क्षेत्रका लागि फ्रेन्डली हुनुपर्ने उनले बताए। 

उद्योगमैत्री वातावरण बनिउन लागिरहेको उनको भनाइ छ। अर्थतन्त्रमा शिथिलता आएपनि केही क्षेत्रले राम्रो काम गरेको बताउँदै उनले मनोबल उच्च राख्न आग्रह गरे।

Advertisment

थप समाचार