काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एकैदिन तोलामा १६ सयले बढेर एक लाख ४० हजार ९०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।