Below Menu
Below Menu

चौध खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्बको व्यापार घाटा, खुम्चिदै आयात र निर्यात

चौध खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्बको व्यापार घाटा, खुम्चिदै आयात र निर्यात

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले साढे ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा २.२६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

बैशाखसम्म नेपालले १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । बैशाख आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको हो । बैशाख मसान्तसम्म १३ खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

Advertisment

थप समाचार