काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३=९ प्रतिशतले विस्तार हुने बताएका छन् । आइतबार प्रतिनिधि सभामा चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको तथ्यांकसहितको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक सूचकमा सुधार हुँदै गएको बताएका हुन् ।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर बढ्ने बताए । अर्थमन्त्रीले कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक वद्धि हुने अनुमान सार्वजनिक गरेका हुन् ।
आर्थिक सर्वेक्षण नुसार चालु अवमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान छ । प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६अमेरिकी डलर पुग्ने अनुमान छ ।