आज फेरी बढ्यो सुनचाँदीको मूल्य

आज फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

महासंघका अअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार