काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले तीव्र गतिको विकासमा निजी क्षेत्रलाई अगाडि ल्याउनुपर्ने बताएका छन्। आगामी आर्थिक वर्षको बजेटबारे बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ठूला पूर्वाधार निर्माण म सरकारले मात्र खर्च गर्न नसक्ने उनले बताए। साथै उनले कसैको दबाबमा करको दर हेरफेर नगरेको बताए। उनले भने, ‘करका दर हेरफेर गर्दा हामिले तथ्य केलाएर गरेका छौं । कसैको दबाबमा दर हेरफेर गरेका छैनौ । त्यस्तै उनले आगामी आवको बजेट सन्तुलित आएको बताए ।
अर्थमन्त्री पुनले भने, बजेट सन्तुलित आएको छ । शिथिल अर्थतन्त्रलाइ सुधार गर्ने गरेर बजेट ल्याएका छौ । व्यवसयी, उधमीहरुमा आशा जगाउने प्रयत्न गरेका छौं ।’
अर्थतन्त्र सुधार गर्नु पर्ने बताउदै उनले अगाडि भने, ‘युवाहरुमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्छ । सधै अरुलाइ दोश दिएर मात्र हुदैन । अब नया चरनको अर्थतन्त्र सुरु गर्नु पर्छ । त्यसका लागि हामिले उच्च स्तरीय आयोग गठन गर्ने तयारीमा छौं।’
त्यसैगरी उनले आर्थिक क्षेत्रमा प्रतिस्पर्धा बनाउन प्रदेश अनुसार को योजना ल्याएको बताए। पूर्वाधारलाई आर्थिक करिडोरका रूपमा स्थापित गर्न लागेको उनले बताए। व्यवसायी र उद्यमीमा आशा जगाउने काम गरेको बताउँदै उनले निजी क्षेत्रलाई साथमा लिएर विकास खर्च बढाउन बताए।