Below Menu
Below Menu

सहकारीका कारण कोही पनि निरुत्साहित हुनु पर्दैन, छिट्टै बचत फिर्ता हुन्छ: अर्थमन्त्री

सहकारीका कारण कोही पनि निरुत्साहित हुनु पर्दैन, छिट्टै बचत फिर्ता हुन्छ: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानसँगै बचतकर्ताहरुले सहकारीमा डुबेको बचत फिर्ता पाउने बताएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

सहकारीका कारण कोही पनि निरुत्साहित हुनु नपर्ने पनि दाबी गरे । सहकारीमा सञ्चालकले गल्ती गरेको छैन भने नडराउन उनले आग्रह समेत गरे । मन्त्री पुनले सहकारीमा संरचनात्मक र नीतिगत सुधार आवश्यक रहेको र त्यो पुरा गर्ने पुनको दाबी छ ।

सहकारीका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पत्तिको धितोबाट ५÷५ लाख रुपैयाँ भए पनि फिर्ता गर्नतर्फ आफूहरु लागेको मन्त्री पुनले बताए । यसैबाट बचतकर्ताको हित हुने उनको विश्वास छ ।

सरकारले सहकारीमा समस्या समाधानका लागि काम गरिरहेको समेत बताए ।

Advertisment

थप समाचार