Below Menu
Below Menu

जग्गा नामसारी गर्दा ३० हजार घूससहित समातिएका नासुविरुद्ध अदालतमा मुद्दा दायर

जग्गा नामसारी गर्दा ३० हजार घूससहित समातिएका नासुविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा नायब सुब्बा नरहरी खनाल विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । 

नायब सुब्बा खनालले जग्गा नामसारी गर्ने प्रयोजनका लगि सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनदै आयोगमा उजुरी परको थियो । 

सोही उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नासु खनाललाई सेवाग्राहीबाट.३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तुका नायब सुब्बा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ । 

उनी विरुद्ध सोही रकम बराबरको बिगो कायम गरी जरिवाना सजाय हुन मागदाबी लिई बिहिबार विशेष अदालत, काठमाडौंमा आयोगले आरोप–पत्र दायर गरेको हो । 
 

Sponsored Advertisment

थप समाचार