काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २३.८१ अंकले घटेर २०८९.४२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १७३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पोखारा फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment