सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन तोलामा १७ सयले बढ्यो 

सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन तोलामा १७ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ ७ गते एकैदिन तोलामा नौं सयले बढेर एक लाख ४१ हजार ८०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार