काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) असार २२ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ असार २३ गते बाँडफाँट गरी संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको ९१ लाख ६३ हजार १२८ दशमलव ५२ कित्ता शेयर लकइनमा राखेको थियो । जसमा संस्थापक शेयरधनीलाई छुट्याएको ९० लाख ९५ हजार ७५२ दशमलव ५७ कित्ता र कर्मचारीहरुका लागि राखेको ६७ हजार ३७५ दशलमव ९५ कित्ता शेयर रहेको छ ।
उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment