नेपाल निर्माणको आधारशिला कृषि हो । प्राकृतिक वैभव, भौगोलिक बनावट, हावापानी, भूअवस्थिति, आदि कारणले कृषि बलियो क्षेत्र हो । सँगै साँस्कृतिक र जातीय विविधता अनि यिनमा अटाएका प्रचलनहरुले पनि परापूर्वकालदेखि अगाल्दै आएको कृषि कर्मलाई दिगोपनाको टेको प्रदान गर्दछ । यो केवल सैद्धान्तिक र आर्दशात्मक अभिव्यक्ति मात्र होइन । व्यावहारिक र प्रयोगात्मक आधारहरुको प्रमाण संकलन गर्ने हो कृषिबाट रुपान्तरण भएका उदाहरण तुलनात्मक रुपमा अल्पसंख्यामा छन् । यो सत्य हो तर अर्को सत्य के पनि हो भने हिजो नभए पनि नगरिएपनि, वातावरणको अनुकूलता नभएपनि, कृषि र अर्थनीतिहरु सही नभएपनि कृषि नेपालको परिप्रेक्ष्यमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । निर्वाहमुखी कृषि कर्ममा व्यावसायिकताको लेप लगाएर रणनीतिक मार्गचित्रसहित गहिरो चिन्तन, खोज, अनुसन्धान र विश्लेषणसहित सामूहिकताको बलमा अघि बढ्दा पक्कै ‘करिज्मेटिक’ काम सम्भव छ ।
सधै हुँदैन, सकिदैन, सम्भव नै छैन, परिस्थिति प्रतिकूल छ, राजनीति ठीक छैन भनेर मात्रै निकास निस्कदैन । हुटहुटी भएका व्यक्तिहरुको प्रयास पनि खाँचो छ । मुलुक बनाउन सबैले मिहेनत गनैपर्छ । आ–आफ्नो क्षेत्रबाट योगदान गर्नैपर्छ । ‘ब्लेमगेम’ निकास होइन । यही तथ्य मनन गरेर कृषि क्षेत्रलाई सम्मानित, मर्यादित, संगठित, सुव्यवस्थित बनाउँदै व्यावसायिक दिगोपनाको आधार प्रदान गर्न लालायित युवाहरुको जमातको सुविचारित सोचको परिणति हो २०७५ साल (सन् २०१८) मा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. । कृषि क्षेत्रमा काम गर्ने पहिलो पब्लिक कम्पनीको इतिहास बनाइसकेको उद्यमी अभियान हो ।
उत्पादनतहदेखि उपभोक्तासम्मका सबै श्रृङ्खलामा संस्थागत, व्यावसायिक, वैज्ञानिक, नवीनतम र विधिसम्मत् हिसाबले काम गर्न मुक्तिनाथ कृषि कम्पनीको पर्दापण भएको हो । यसले पीपीसी मोडल अर्थात् प्राइभेट, पब्लिक र सहकारी मोडलमा काम गर्दछ । सहकारीसँगै प्रदेश तथा स्थानीय सरकारसँग जोडिएर यसले काम गर्छ । यो अभ्यासको श्रीगणेश भैसकेको छ ।
पृष्ठभूमि
आजभन्दा २६ वर्षअघि केही उर्जाशील युवा जमात मिली रोयल सहकारी स्थापना गरिएको थियो । समाजमा पहुँच नपुगेको समुदायसँग भिज्ने अभियानको सुरुवात थियो त्यो । त्यही क्रममा कृषि र कृषकहरुसँग पनि सहकारीले साइनो गाँस्यो । सहकारी अनुभवबाटै सिकेर ०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापना भयो । स्याङजाको पुतलीबजारबाट मुक्तिनाथ विकास बैंक सुरु भएको थियो । यो अर्को व्यावसायिक फड्को थियो । सहकारीमार्फत लघुवित्त जोडिएको थियो । त्यसले किसानहरुसँग नजिक लग्यो । किसानहरुका कथा र व्यथाहरुसँग साक्षात्कार गरायो ।
‘उत्पादन छ बजार छैन, बजार पाइहालियो भने पनि उचित मूल्य मिल्दैन’ ,समस्या ‘रिपिट मोड’ मा हुन्थ्यो । सहकारी र बैंकको यो अनुभव बोकेर अब कृषकहरुलाई लक्षित गरेर केही नगरी हुँदैन भन्ने लागेर कृषि क्षेत्रमा व्यवस्थित, संगठित र नवीनत ढंगले साँच्चिकै केही देखिने गरी ‘लार्ज स्केल’ मा काम गर्न कम्पनीको आवश्यकता बोध भएसँगै जन्मिएको हो मुक्तिनाथ कृषि कम्पनी प्रा लि.। यो त्रिवेणीले कृषि क्षेत्रमा कायापलट पर्छ भन्ने आत्मविश्वास जागृत भएको हो ।
कम्पनी नै किन ?
स-सानो तवरमा कृषि कार्य भैरहेका छन् । केही काम भएका छन् । सफलताका सय कथाहरु कहिएका छन् । तर, २१औं शताब्दीको प्रविधि, व्यावसायिकता, विज्ञान, जनसंख्याको विस्तार र अग्ला अपेक्षाहरु सामू हाम्रो मुलुकमा भएका कृषिका प्रयासहरु समुद्रमा केवल केही थोपा सरह भए । कृषि क्रान्ति वा कृषि क्षेत्रमार्फत रुपान्तरणकारी अभियानका लागि संगठित भएर ठूलै सोच, ठूलै लगानी, ठूलै विज्ञता, ठूलै परिश्रम नपोखी हुँदैन भनेर गरिएको आँटको नाम हो–मुक्तिनाथ कृषि कम्पनी ।
सहकारीमार्फत सामूहिकताको बल बुझेकाहरुले अब कानूनी तथा नीतिगत कारणहरुले गर्दा कम्पनी मोडलमै जानुपर्छ हात बाँधेर बस्नुहुँदैन भन्ने लागेर कम्पनी सञ्चालनमा ल्याइएको हो । यसको पछाडि लामो होमवर्क भएको छ । यो दिगो व्यावसायिक साझेदारीमात्र होइन, मुलुकमा कृषि क्षेत्रलाई मर्यादित, सम्मानित र प्रचुर सम्भावनायुक्त क्षेत्र हो भन्ने पुष्टि गर्ने पहलकद्मी हो ।
यो रणनीतिक र भिजनरी सोचको परिणाम हो । विज्ञता, बोध र व्यावसायिकताको गठजोडबाट जन्मेको ‘भेञ्चर’ हो । सहकारी क्षेत्रको सिकाइ र बैंकिङ क्षेत्रको बुझाइको भरपुर सदुपयोग गर्दै कृषि क्षेत्रबाट ‘कमाइ’ गर्न सुरु भएको सत्प्रयास हो । लामो अनुभवले स्थापना भएको कम्पनीले कालान्तरमा आत्मसन्तुष्टि प्रदान गर्दछ । ऐतिहासिक, उदाहरणीय र अनुकरणीय बन्छ ।
पुँजी, सहभागिता, विज्ञता, सोच, सबै कुरा सानोतिनो कम्पनी बनाएर मात्र म्यासिभ स्केलमा ‘इन्टरभेन्सन’ असम्भव भएकोले पब्लिक लिमिटेड कम्पनी नै स्थापना गर्नुपर्छ भनेर मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा स्थापना गरिएको हो । सुरुमा करिब २५ प्रतिशत बैंकको लगानी र अरु मुक्तिनाथ ग्रुपसँग आवद्ध लगानीकर्ताहरु, रोयल सहकारीसँग आवद्ध सदस्यहरु गरी करिब ९ सय जना व्यक्तिगत सदस्यहरु मिलृेर २०७५ सालबाट पब्लिक लिमिटेड कम्पनीको रुपमा काठमाडौंको वसुन्धरामा प्रधान कार्यालय राखेर सञ्चालनमा आएको हो ।
सामान्य एउटा कृषि उद्यम सञ्चालन गर्न खोज्नेले धेरे असहजता भोग्नुपर्छ । झन्झट छ । कृषि भनेको सहज विषय होइन । यो हावा, पानी, माटोसँग सम्बन्धित छ । यो विज्ञान र प्रविधिसँग सम्बन्धित छ । यो शिल्प पनि हो । यो भूगोलसँग पनि सम्बन्धित विषय हो । त्यसैले कृषिको काम गर्न सहज छैन ।
परिकल्पना र भिजन
पैसा चाहियो भने ‘कुर्माने कालो बना बना भन्ने’ अवस्थाबाट हामी अघि बढेका हौं । १९९४ मा नेपाल बैंक स्थापना भएसँगै वित्तीय कारोबारको पाटो संस्थागत हुँदै गए । बिस्तारै अरु क्षेत्र पनि संस्थागत हुँदै गए । कृषि प्रधान देश नेपाल भनेर सानैदेखि भन्दै आएको अझै पनि त्यही भन्छौं । कृषिमा आधारित अर्थतन्त्र भन्छौं तर अहिले पनि कृषि कर्म परम्परागत र निर्वाहमुखी मै सिमित छ । मुक्तिनाथ कृषि कम्पनी स्थापनाको मूल ध्येय नै यहाँनेर जोडिन्छ ।
कृषिको विकल्प भनेको उन्नत कृषि हो । कृषि जीवनको जरा जरासम्म जोडिएको छ । संस्थागत ढंगले कृषि अघि नबढेको कारण मुक्तिनाथ अघि बढेको हो । उत्पादनतहदेखि उपभोक्तासम्मका सबै श्रृङ्खलामा संस्थागत, व्यावसायिक, वैज्ञानिक, नवीनतम र विधिसम्मत् हिसाबले काम गर्न मुक्तिनाथ कृषि कम्पनीको पर्दापण भएको हो । यसले पीपीसी मोडल अर्थात् प्राइभेट, पब्लिक र सहकारी मोडलमा काम गर्दछ । सहकारीसँगै प्रदेश तथा स्थानीय सरकारसँग जोडिएर यसले काम गर्छ । यो अभ्यासको श्रीगणेश भैसकेको छ ।
सरकार वा राज्यको कुरा गर्दा, कृषिका थुप्रै नीति बनेका छन् । सरकारले गर्न नचाहेको भने होइन । सरकारले कृषिमा प्राथमिकता राखेको विषय जगजाहेर नै छ । सरकारको नीति, कार्यक्रम र बजेटबाट पनि प्रष्ट हुन्छ । किसानलाई अनुदानदेखि सहुलियत कर्जाको व्यवस्था छ । जतिसुकै नीति नियम बनाएपनि मुख्य विषय भनेको कृषिको उत्पादन र उत्पादकत्व वृद्धि हुनुपर्यो । त्यही भएर किसानलाई मल, बीउबिजन, औजार, उपकरण, प्रविधि, प्राविधिक सहयोग र सेवा एउटै संस्थामार्फत उपलब्ध गराउने वा ‘वनस्टप सोलुसन’ दिने ठाउँको रुपमा मुक्तिनाथ कृषि कम्पनी विकास गरिएको छ ।
मुलुकभर रहेका ३१ हजार बढी सहकारी संस्थाहरु छन् । गाउँगाउँमा कृषि सहकारी संस्था छन् । तीमार्फत किसानलाई आवश्यक गैरवित्तीय ‘इनपुट’ मुक्तिनाथ कृषि कम्पनीले उपलब्ध गराउने र वित्तीय ‘इनपुट’ मुक्तिनाथ बैंक अथवा सहकारी बैंक वा अन्य वित्तीय संस्थाले उपलब्ध गराउने व्यवस्था गरिएको छ । कृषिको व्यावसायिकीकरणमा व्याप्त ‘ग्याप फुलफिल’ गर्ने मुक्तिनाथको प्रयास हो ।
.jpg)
कृषिको कथा
अहिलेको अवस्थामा कृषिमा काम गर्छु कम्पनी स्थापना गर्छु भन्यो भने झन्झटिलो छ । सामान्य एउटा कृषि उद्यम सञ्चालन गर्न खोज्नेले धेरे असहजता भोग्नुपर्छ । झन्झट छ । कृषि भनेको सहज विषय होइन । यो हावा, पानी, माटोसँग सम्बन्धित छ । यो विज्ञान र प्रविधिसँग सम्बन्धित छ । यो शिल्प पनि हो । यो भूगोलसँग पनि सम्बन्धित विषय हो । त्यसैले कृषिको काम गर्न सहज छैन । सजिलोसँग कृषि उद्यमी भएर काम गर्छु भन्नेलाई सजिलो बाटो देखाउने, उत्प्रेरित गर्ने वातावरण र भूमिका आवश्यक छ ।
खाँटी किसानले भन्दा पहुँचवाला किसानले अनुदान पाएका छन् । वास्तविक किसानकोमा अनुदान पुगेको छैन । जसले पाएको छ उसले कृषि कर्ममा ध्यान दिदैन जसले पाएको छैन उसले कृषि कर्म गर्न सक्ने अवस्था छैन । समग्रतामा उत्पादनपूर्वका तयारीहरु ज्ञान, सीप र धारणा आवश्यक छ ।
कुल गाहस्र्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशतको हाराहारीमा छ । जनसांख्यिक दृष्टिकोणले करिब ६४ प्रतिशत जनता कृषिमा आश्रित छन् । यति ठूलो जनसंख्या आवद्ध क्षेत्रको उत्पादकत्व केवल २४ प्रतिशत देखियो । यो पुगेन । त्यसैकारण धेरै समस्या वा ‘ग्याप’ हरु छन् । जनसंख्याको आवद्धताका हिसाबले ‘आउटपुट’ भएन । नीति नियमको बीचमा ‘इन्टिग्रेसन’ गरेर सहज बनाउने सरल बनाउने विषयमा कमजोरी भएको छ । नीतिहरुबीच तारतम्य नमिलेको अवस्था छ । त्यस्तै, संघीयतामा प्रवेश गरेसँगै तीन तहका सरकार छन् ।
तीनै तहका सरकारबीच कानूनी सामञ्जस्यता पाइदैन । यी सबै विषयको समाधानको पाटोमा भएका अध्ययन अनुसन्धानले निष्कर्ष निकाल्छ-कृषि क्षेत्रका यावत विषयहरुको सहज, सरल, व्यवस्थित र बलियो निकायको रुपमा ‘कृषि प्राधिकरण’ आवश्यक छ । त्यही प्राधिकरणले नै नीतिगत तारतम्य मिलाउँदै एकरुपता कायम गर्दछ ।
कृषि चक्र निर्माण
कृषिमा जोडिने सोचबाटै कृषि चक्र निर्माणको प्रक्रिया आरम्भ हुन्छ । सोचलाई वस्तुगत र वैज्ञानिक आधार प्रदान गर्न परामर्शबाट काम थालनी हुन्छ । स्याङजामा सुन्तला उत्पादनका लागि बेर्ना उपलब्ध गराउनेदेखि मलबीउ, प्रविधि, प्राविधिक सहायता पनि दियो अनि उत्पादन पश्चात मुक्तिनाथ कृषि कम्पनीले बाइब्याक गरेर प्रशोधन गरी बिक्री गर्ने वा केही सयम कोल्डस्टोर गरेर पछि मुक्तिनाथ कृषि मार्ट वा बजारमार्फत उपभोक्ताकोमा पुर्याउने गरी कृषिचक्र निर्माण गरेर काम गर्ने मोडल हो ।
‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भनेर कृषिको इकोसिष्टम सिर्जना गरेर काम गर्ने ढंगले अघि बढेको अभियान हो । उत्पादकदेखि उपभोक्तासम्म एउटै सञ्जालमा जोड्ने अभियान हो ।
गाउँमा किसानहरु स्थानीय कृषि सहकारी संस्थासँग जोडिएर काम गर्छन्, कृषि उत्पादनपूर्व पनि ‘इनपुट’ प्राप्त गर्दछन् र उत्पादनपछि सहकारी संस्थामा बेच्दछन् । किसान कही जानु परेन । बजार खोज्नुपरेन । उचित मुल्यको चिन्ता गर्नुपरेन । यसमा आश्वस्त गर्ने काम मुक्तिनाथ कृषि कम्पनीले गर्दछ । भ्यालु एड गर्ने काम गर्छ । स्याङजाको किसानले गरेको उत्पादन काठमाडौंको बसुन्धराको उपभोक्ताले ताजा रुपमा पाउने भए भने उक्त बजार पनि सहकारका सहकारीहरुले सञ्चालन गर्छन् ।
उदाहरणका लागि रोयलको स्याङजास्थित कृषि सहकारीले स्थानीय किसानसँग जोडिएर काम गर्छ, वसुन्धराको रोयल सहकारीले कृषि मार्ट सञ्चालन गर्छ । यसले सहकारीलाई पनि फाइदा पुग्छ । सहकारी किसानसँग पनि जोडियो, सहकारी उपभोक्तासँग पनि जोडियो । हामीले बुझेको पनि त्यही हो । सहकारी कि त किसानसँग कि उपभोक्तासँग जोडिनुपर्छ । यसले सहकारीको महत्व पनि बढ्छ ।
रोयल सहकारीले चलाएका मुक्तिनाथ मार्ट वा मुक्तिनाथ बजारमा गएपछि देशभरकै शुद्ध र गुणस्तरीय कृषि उपज सरल र सहज रुपमा प्राप्त गर्न सकिन्छ भन्ने काठमाडौंका आम उपभोक्तालाई विश्वास जागृत भैसकेपछि यस्ता मार्टहरु काठमाडौं लगायत देशका ठूला शहरहरुमा खुल्छन् । थुप्रै कृषि बजारहरु सञ्चालन हुनसक्छन् । ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भनेर कृषिको इकोसिष्टम सिर्जना गरेर काम गर्ने ढंगले अघि बढेको अभियान हो । उत्पादकदेखि उपभोक्तासम्म एउटै सञ्जालमा जोड्ने अभियान हो ।
चार काम अनि बस् आराम
मुक्तिनाथ कम्पनीले चारवटा मुख्य क्षेत्रमा काम गरिरहेको छ । पहिलो हो कृषि स्रोत केन्द्र (एआरसी अर्थात् एग्रिकल्चर रिसोर्स सेन्टर) । कृषि सहकारी संस्थाहरुले किसानहरु भएको स्थानमा एआरसी सञ्चालन गर्छन् । एआरसीमा उत्पादन पूर्वका कुराहरु मल बीउबिजन उपकरणदेखि लिएर किटनाशक औषधि, प्रविधि र प्राविधिकसहितको सहजीकरण सबै हुन्छ । उत्पादनको लागि इनपुट यसले प्रदान गर्दछ । कम्पनीसँग हाल २ सय प्रकारका कृषि औजार र उपकरण छन् । करिब १ सय सहकारी संस्थाहरुसँग एआरसी सुरु भैसकेको अवस्था छ । रोयल बहुउद्देश्यीय सहकारी संस्थाले फर्पिङ र टोखा सेवा केन्द्रले एआरसी सञ्चालन गरेका छन् ।
.jpg)
दोस्रो एबीसी अर्थात् एग्रिकल्चर बिजनेश कन्सलटेशन सेन्टर । कोही व्यक्ति कृषिमा लाग्न चाहन्छु, उद्यमी हुन चाहन्छु भन्यो भने जान्नेबुझ्ने र सही सल्लाह प्रदान सही ठाउँ आवश्यक छ । त्यो सही आवश्यक परामर्श प्रदान गर्ने काम एबीसीले गर्छ । विदेशबाट फर्केर कृषि गर्न चाहने र आवश्यक सर सल्लाह र परामर्श लिने ठाउँ खोज्ने व्यक्ति जाने ठाउँ हो एबीसी । उक्त व्यक्तिले हाम्रो मोडल फार्ममा काम गर्ने र सिक्ने अवसर प्राप्त गर्दछ ।
तेस्रो एपीसी अर्थात् एग्रिकल्चर प्रोसेसिङ सेन्टर । उत्पादनपछि प्रशोधनको आवश्यकता पर्छ । यसको पनि धेरै चरण हुन्छ । केही चीजलाई सामान्य प्रशोधन गर्दा हुन्छ । उदाहरणको लागि सर्लाहीको शंकरपुरमा सबैभन्दा धेरै बेसार उत्पादन हुन्छ । त्यसलाई पीठो बनाउन धेरै ठूलो उद्योग चाहिदैन । सर्लाहीको शंकरपुर सहकारी संस्थाले बेसार संकलन गर्छ र धुलो बनाएर प्याकिङ गर्छ । वितरक मुक्तिनाथ कृषि कम्पनी हुन्छ । तर कति वस्तुलाई थप प्रशोधन गरेर ब्राण्डिङ गर्नुपर्ने हुन्छ ।
त्यो मुक्तिनाथ ब्राण्ड बन्छ । किसानसँग जोडिन कम्पनीले हिमाल, पहाड तराई सबैतिरका गरी न्यूनतम १ हजार कृषि सहकारीसँग साझेदारी गर्न खोजेको छ । ती हजार संस्थाले स्थानीय सम्भाव्यता अध्ययन गरी किसानमार्फत उत्पादन प्रवर्धन गर्न सक्छन् । १ सय वटा संस्थासँग जोडिइसकेको अवस्था छ । थोरै प्रशोधनको काम स्थानीय तहमै एपीसीमा गरिन्छ भने अलि ठूलो छ भने प्रदेश तहमा र त्यो भन्दा ठूलो केन्द्रमा हुन्छ । दुधमा अमूलजस्तै काम गरौं भन्यो भने संघीय तहमा प्रशोधनका कामहरु हुन्छन् ।
अन्तिम मोडल भनेको एएमसी अर्थात् एग्रिकल्चर मार्केट सेन्टर । उत्पादनहरुलाई बेच्ने ठाउँ हो एएमसी । जनसंख्या धेरै भएका ठूला शहरमा यस्तो बजार सञ्चालन गर्ने योजना हो । ससाना कृषि मार्ट पनि सञ्चालन गरिन्छन् । मुक्तिनाथ कृषि बजार वा मार्टबाट ती शहरका बासिन्दाहरुले शुद्ध, ताजा, गुणस्तरीय र प्रतिस्पर्धी मुल्यमा उपभोग गर्न पाउँदछन् । यस्तो अवसरका ती शहरका सहकारी संघ संस्थाहरुले सञ्चालन गर्नेछन् । अहिले भने हामीले एआरसी सुरु गरेका छौं । एपीसीमा काम भैरहेको छ ।
आज कहाँ ?
स्थापनाको ५ वर्षमा पूर्वाधारका क्षेत्रमा काम भएका छन् । लगानी भएका छन् । स्थायी संरचनाहरु निर्माण सम्पन्न भै सुरुवात भएका छन् । सातवटै प्रदेशमा कार्यालय स्थापना भएका छन् । जनशक्ति व्यवस्थापन भएका छन् । १ सय ५० कर्मचारी छन् । कानूनी प्रबलताका काम भएका छन् । करिब ५० वटा आन्तरिक नीति बनेका छन् । यो वर्षबाट मुनाफा आर्जनको अपेक्षा गरिएको छ । पहिलो पब्लिक कम्पनी भएका कारण सरकारी नीति निर्माणमा सहजीकरणका काम भएका छन् ।
नीतिगत सहजता कायम गर्न समन्यवकारी भूमिका निर्वाह भएको छ । इतिहास रचिएका कारण अरुका लागि पथप्रदर्शनको काम भएको छ । उदाहरणीय र अनुकरणीय कामको थालनी भएको छ । संरचना बनाउने, नीति बनाउने, कर्मचारी व्यवस्थाप गर्ने कामहरु भएका छन् । अध्ययन अनुसन्धान र खोज गर्ने काम भएका छन् । अंकमा नतिजा प्राप्त गर्न केही समय लाग्छ ।
अग्लिदो अपेक्षा सँगै विश्वासमा बढोत्तरी
पछिल्ला बर्षहरुमा कृषिप्रति राज्यको प्रेम पलाएको छ । पुनर्जागृत भएको छ । हेपिएको पेशाप्रतिको हेराइ परिवर्तन भएको छ । सोच, रणनीति, योजना, नीति तथा कार्यक्रम, बजेट, कार्यनीति, आदिमा कृषि प्राथमिकतामा परेको छ । अर्थतन्त्रको अवस्थाले पनि ‘कृषिलाई माया गर है’ भनेको छ । विश्वले पनि नेपाललाई कृषिबाटै उन्नत भएको हेर्न चाहेको छ, नेपाललाई अझै पनि चिन्दा कृषिप्रधान देश भनेरै चिन्छ, युवा पुस्ताले पनि कृषिमा आमूल परिवर्तन खोजेको छ । यसले मुक्तिनाथ कम्पनीको विश्वासमा बढोत्तरी गरेको छ ।
मुलुकका सिचाई आयोजनाहरुले पनि आशा जगाएका छन् । खासगरी कोशी मरिन डाइभर्सनबाट बढी आशावादी हुन सकिन्छ । मधेश प्रदेशका ८ जिल्लामध्ये धेरै जिल्लामा कोशीको पानीले पुरै सिंचाई हुन्छ । यसले गर्दा धान र गहुँको लागि आत्मनिर्भर हुनसक्छौं । मुक्तिनाथ कृषि कम्पनीको मोडल सबैलाई विन–विन गराउने खालको छ । किसानले जित्ने, उपभोक्ताले जित्ने, कम्पनी विन हुने र सरकार विन हुने गरी काम सुरु भएको छ ।
.jpg)
कृषि भन्ने बित्तिकै जोसुकैले पनि यो नाफामा जाने व्यापार होइन घाटामा जान्छ भन्ने भाष्य परिवर्तन गर्नुछ । धेरै मानिस कृषिमा लागेर पलायन भएका छन् । मुक्तिनाथ कृषि कम्पनीले कृषि घाटाको पेशा होइन सबैभन्दा नाफाको पेशा हो भन्ने प्रमाणित र स्थापित गर्न खोजेको छ । किनकि यो ‘टुवे बिजनेश’ मात्र होइन ‘मल्टिपल बेनिफिट’को पेशा हो ।
नेपालमा सबैभन्दा बढी नाफामा जाने व्यवसाय कृषि हो भन्ने प्रमाणित गर्ने विश्वास हो मुक्तिनाथ कृषि कम्पनी । हाम्रो, राम्रो, आफ्नो र दिगो व्यवसाय कृषि हो भन्ने कथा हो मुक्तिनाथ कृषि कम्पनी । अर्को गलत भाष्य के छ भने, कृषिमा अनुदान दिइएन भने काम गर्न सकिदैन भन्ने । अब बिस्तारै मुक्तिनाथ जस्ता अन्य कम्पनी बजारमा आएपछि राज्यबाट अनुदानको आश गर्ने होइन मुनाफा गरेर राज्यलाई ठूलो कर तिर्न सक्ने क्षेत्र भयो भनेर सुन्नेदेख्ने दिन आउँछ । यो भयो भने सरकारले पनि जित्छ । यो सबैका लागि विन–विन मोडल हो ।
कृषिबाटै मिल्छ खुसी
संसारका धेरै मुलुकका मानिस खुसी छैनन् । विदेशीहरुले भूगोल, हावापानी, माटो, आदि हरेक हिसाबले नेपाल जति स्वर्ग मुलुक अरु छैन भन्छन् । हाम्रो मुलुकका हरेक ठाउँमा केही न केही सम्भावना छ । हरेक मुुलुकमा यस्तो मौलिक सम्भावना हुन्छ । नेपालको सम्भावना बनेको कृषि नै हो जसरी खाडी मुलुकमा तेल, कही उद्योग होला कही शिक्षा होला । नेपालसँग तीन चीज छन् जुन अरु धेरै विकसित मुलुकमा पनि छैन ।
हामीसँग संसारकै शुद्ध हावा छ अक्सिजन । हामीले अहिले कार्बन ट्रेडिङको काम गरिरहेका छौं । औद्योगिक राष्ट्रहरुले कार्बन बढी उत्सर्जन गर्छन् हाम्रो देशले अक्सिजन बढी उत्पादन गर्छ । यस हिसाबले उनीहरुले हामीलाई तिनुपर्छ जुन हामीले बिक्री गर्छौं । दोस्रो पानी बेचेर कमाउन सकिन्छ । संसारको सबैभन्दा शुद्ध पिउने पानी नेपालको हो ।
इटाली र फ्रान्सले सबैभन्दा बढी पिउने पानी बिक्री गर्छन् । त्यहाँको भन्दा हाम्रो क्वालिटी राम्रो हुनसक्छ । अर्को भनेको जलविद्युत बिक्री गरेर पैसा कमाउन सकिन्छ । तेस्रो माटो । कृषिबाट खानपुग्ने मात्र होइन बिक्री गरेर आयआर्जन गर्न सक्छौं । एउटा अध्ययनले भन्छ अहिले नेपालले जति उत्पादन गरिरहेको छ कृषिबाट त्यसको तीन गुना सजिलै उत्पादन गर्न सक्छ । यसरी समृद्धि सम्भव छ । (कुराकानीमा आधारित)
Advertisment