Below Menu
Below Menu

एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो

एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार