काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुृक्ता पूँजीको २१.०५ प्रतिशतका दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ बराबरको आउने नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त नगद लाभांशमा १.०५ प्रतिशत बराबरको रकम कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकणले स्वीकृति दिइ कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
Advertisment