काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाले श्रेष्ठलाई सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।
सभाबाट नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट श्रेष्ठलाई आगामी ४ वर्षको लागि सञ्चालक पदमा चयन गरेको छ ।

Advertisment