नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, चार अर्ब ३१ करोड माथिको कारोबार 

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, चार अर्ब ३१ करोड माथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मल्टीपर्पोस फाइनान्स कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

थप समाचार