धादिङ : नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले १० लाख रुपयाँको अक्षय कोषसहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने भएको छ ।
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. सूयप्रसाद अधिकारीले समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम अक्षय कोषसहित अभिभावक प्रतिक्षालय निर्माण गर्नेघोषणा गरेका हुन्।
समाजले विद्यालयमा अध्यन गर्ने विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बञ्चित नहुन भन्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन गर्न सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए।
त्यस्तै, समाजले विद्यालय हाता भित्र आएका अभिभावकहरुलाई बस्न सहज होस् भनि सुविधा सम्पन्न अभिभावक प्रतिक्षालय निर्माण गर्ने समेत घोषणा गरेको छ । विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्नदेखि विविध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस् भनि प्रतिक्षालय निर्माण गर्न लागीएको बताईएको छ ।
१० लाखबाट सुरु गरिने अक्षय कोषलाई बढाउँदै लैजाने समाजले योजना बनाएको छ । सेवामूलक भावनाले पूर्व विधार्थीहरूको नामबाट विद्यालयमा शैक्षिक उन्नयनमा सहयोग गर्ने उद्देश्यले २०७७ सालमा स्थापना भएको नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले यो समाज विना राजनैतिक र विना नाफामुखि भएको भन्दै विद्यालयका पुर्व विद्यार्थीहरुलाई कोष निर्माणदेखि प्रतिक्षालय निर्माणमा स्वईच्छाले सहयोग गर्न समेत आवहान गरेको छ ।
Advertisment