काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११० कम्पनीको शेयरमूल्य बढेको छ । भने १२९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज एनआइबीएल स्टेबल फण्ड शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment