काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ १८ गते एकैदिन तोलामा १७ सयले बढेर एक लाख ४२ हजार २०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।