Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित युनाइटेड मेवा खोला हाइड्रोपावर डाक्यो साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित युनाइटेड मेवा खोला हाइड्रोपावर डाक्यो साधारणसभा 

काठमाडौं : युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको प्रथम वार्षिक साधारण सभा असार ६ गते कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विव्रणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले आईपीओ निष्कासन गर्ने र नयाँ परियोजनामा लगानी गर्ने, कम्पनीको चुक्तापूँजीभन्दा बढी लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल गर्ने र पूँजी संरचना संशोधनका सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गर्नेछ  ।

Advertisment

थप समाचार